ओखलढुंगा– ओखलढुंगाका एक भुकम्प प्रभावितले सरकारबाट लिएको अनुदान रकम फिर्ता गरेका छन् । खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाटेका चेत बहादुर सुनुवारले पहिलो किस्ता बापत लिएको ५० हजार रुपौया र्फिता गरेका हुन् ।


ADVERTISEMENT


सरकारले अन्त घर भएका तथा बस्न योग्य घर भएकाहरुले रकम फिर्ता गर्नुपर्ने सुचना जारी गरेसँगै सुनुवारले पहिलो किस्ता वापतको रुकम ५० हजार रुपैयाँ नगद नै फिर्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


आफुले आफ्नो ईच्छा अनुसारको घर बनाएको भन्दै सरकारले दिएको पहिलो किस्ताको रकम स–सम्मान फिर्ता गरेको सुनुवारले छोरा केवश राज सुनुवारले बताए । बुधबार जिल्ला समन्वय समितीको कार्यलयमा आएर सुनुवारले रकम फिर्ता गरेका हुन् । यसरी सरकारबाट लिएको अनुदान रकम फिर्ता गर्ने उनि जिल्लामै पहिलो भुकम्प प्रभावित बनेका छन् ।

राष्ट्रिय पुननिमार्ण प्रधिकरण जिल्ला समन्वय समिती ओखलढुंगाले अन्य स्थानमा घर भएका तथा सोही स्थानमा समेत बस्न योग्य घर भएका लाभग्राहीहरुले यसअघि लिएको रकम फिर्ता गरिदिन अग्रह गरेको छ ।

‘यसअघि सरकारले बितरण गरेको रकम लिएका तर उनिहरुको अर्को ठाउँमा घर छ र त्यही पनि बस्न योग्य घर छ भने त्यस्ता ब्यक्तीलाई हामीले रकम फिर्ता गर्न आग्रह गरेका छौ ’प्राधिकरण कार्यकारी प्रमखु युवराज खरेलले भने ।