काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालयमा पेश गरेको विवरणअनुसार मन्त्री पोखरेलको पैतृक स्रोतबाट प्राप्त खोटाङ रावावेशी गाउँपालिका वडा नम्बर २ मा कित्ता नं २२५ को १२ रोपनी, २ आना र १० रोपनी, १४ आना २ पैसा १ दाम जग्गा छ । सो जग्गा अंशवण्डाबाट आएको र कनक स्मृति प्रतिष्ठानलाई प्रदान गरेको उनले उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री पोखरेलको एभरेष्ट बैंक पुलचोक शाखामा ३ लाख ६७ हजार रुपैयाँ छ । सो रुपैयाँ संविधानसभाको सदस्य, मन्त्री र व्यवस्थापिका संसदको सदस्य हुँदा आर्जन गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै, उनको नाममा नेपाल बंगलादेश बैंकमा १३ हजार ९ सय ९३ रुपैयाँ छ । जनएकता साप्ताहिकको सम्पादक–प्रकाशक हुँदा सो रकम प्राप्त भएको उनले उल्लेख गरेका छन् । रुपाकोट सामुदायिक रेडियो खोटाङमा मन्त्री पोखरेलले ५ हजार लगानी गरेको उल्लेख गरेका छन् ।