काठमाडौं– एनआइसी एसिया क्यापिटलले लगानी सचेतना अभियान अन्तर्गत २० भन्दा बढी संस्थाहरुलाई लगानी सचेतना सेवा प्रदान गरेको छ । पछिल्लो समयमा सुरु गरिएको लगानी सचेतना अभियान अन्तर्गत उक्त वित्तिय संस्थाले ती संस्थाहरुलाई सेवा प्रदान गरेको हो ।


ADVERTISEMENT


केही समययता एनआइसी एसिया क्यापिटलले लगानीका अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गराउने उद्धेश्यले सो अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियान अन्तर्गत क्यापिटलले अहिले विभिन्न तहमा अध्ययनरत विद्यार्थि तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एनआईसी एसिया क्यापिटलले निस्शुल्क रुपमा सो अभियान संचालन गर्दै आएको छ । एनआइसी एसियाले सो अभियान आफ्नोमा लागू गर्न इच्छुक संघ–संस्थाहरुलाई सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


लगानीकर्तालाई सवल, सुचित तथा उपयुत्त निर्णय लिन क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिबृद्धिको सेवाहरुका साथै निःशुल्क डिम्याट सेवा प्रदान गर्दै आएको छ ।