काठमाडौं–वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले गोल गर्दा बार्सिलोना सहरमा कम्पन हुने बताएका छन् ।


ADVERTISEMENT


स्पेनिस क्बल बार्सिलोनाका फरवार्डसमेत रहेका मेसीले घरेलु मैदानमा गोल हानेपछि रंगशालाभित्रका दर्शक उफ्रिदा र बस्दा महशुस हुने गरी जमिनमा कम्पन हुने वैज्ञानिकहरूको दाबी छ ।


ADVERTISEMENT

# # #


त्यसका लागि उनीहरूले क्याम्प नाउ रंगशाला नजिकै सिस्मोमिटर जडान गरेका थिए ।

अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन् ।

क्याम्प नाउ रंगशालामा झन्डै १ लाख दर्शकले खेल हेर्न सक्छन् । बार्सिलोनाका प्रायः घरेलु खेलमा ९० हजार बढी दर्शक रंगशाला आउँछन् ।

यति ठूलो संख्यामा संसारको कुनै पनि क्लबको फुटबल रंगशालामा दर्शक उपस्थित हुँदैनन् ।