काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका एमाले र माओवादी सम्मिलित बामएकता संयोजन समितिको बैठक बुधबार अपरान्ह बस्दैछ ।


ADVERTISEMENT


बैठकमा यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा सहमति जुटाउने प्रयास गरिने एकता संयोजन समितिका सदस्य तथा माओवादी नेता नारायणकाजी श्रेष्ठले स्रोतलाई बताएका छन् ।


ADVERTISEMENT

# # #


‘५ बजेपछि बस्ने बैठकमा विवादित विषयमा छलफल हुन्छ, सकभर आजै ती विषयमा सहमति जुटाउने प्रयास हुनेछ’ नेता श्रेष्ठले भने, ‘आजै नभएपनि छलफललाई निरन्तरता दिएर सहमति जुटाउने प्रयास रहन्छ ।’

गत चैत २० गते राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले दुई प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह, प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने या नराख्ने तथा एकीकृत पार्टीमा रहने सदस्य कुन पार्टीका कति भन्नेमा दलहरुवीच विवाद छ । तर, नेताहरुले भने बाहिर आएजस्तो विवाद नभएको दावी गर्दै आएका छन् ।

कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे खासै छलफल भएको थिएन ।

प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै त्यसवारे छलफल गर्ने नेताहरुले बताएका थिए । प्रधानमन्त्रीको चैत २३–२५ भारत भ्रमण सकिएको २ दिन वित्दा पनि समितिको बैठक बस्न सकेको थिएन ।