काठमाडौं–ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि अज्ञात समूहले आक्रमण गरेको छ । क्वार्टरमा सुतिरहेका पौडेललाई बाहिर बोलाएर मुंग्रो प्रहार गरेको हो ।


ADVERTISEMENT


‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस्, जरुरी काम छ भनेर बोलाए । कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ,’ अध्यक्ष पौडेलले भने, ढोकाबाट बाहिर निस्कनासाथ मुंग्रोले आक्रमण गरे ।’


ADVERTISEMENT

# # #


लिखु गाउँपालिका ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र नली खुट्टामा गहिरो चोट लागेको छ ।
उनको हातको कान्छी औंला फुटेको छ ।

उनको राति नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले बताइन् । घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए ।