तपाईंं जब गर्न चाहनुहुन्छ भने त्यसका लागि तयारी गर्न सक्नुहुन्छ । तपाई सबैभन्दा पहिला आफ्नो विषयमा बढीभन्दा बढी जानकार हुन जरुरी हुन्छ । यस्तो जानकारीले आत्मविश्वास बढाउँछ र निडरताका साथ अन्तर्वार्ता फेस गर्न सक्नुहुन्छ । यी हुन् अन्तर्वार्तामा सोधिने केही प्रश्न ?


ADVERTISEMENT


के हो अन्तर्वार्ता ?


ADVERTISEMENT

# # #


‘इन्टरभ्यु’ ल्याटिन वा मिडिल फ्रेन्च शब्द हो । जसको अर्थ ‘सी इच अदर’ वा ‘सी बिट्विन’ भन्ने हुन्छ । सामान्यतया अन्तर्वार्ताको अर्थ मानिससँग गरिने प्राइभेट मिटिङ हो, जहाँ सवाल–जावाफ हुन्छ । त्यस्तै, जब इन्टरभ्युमा जानकारी, व्यवहार र इच्छाबारे प्रश्न सोधिन्छ । अन्तर्वार्ता थुप्रै प्रकारका हुन्छन्, जसमध्ये पर्सनल इन्टरभ्यु निकै प्रचलित छ ।पर्सनल इन्टरभ्युबाट कर्मचारी छनोट र पदोन्नति गरिन्छ ।

सोधिने प्रश्न

जागिरका लागि अन्तर्वार्ता दिन जाने मानिसको मस्तिष्कमा अनेक कुरा खेलिरहेका हुन्छन् । कस्तो प्रश्न सोधिन्छ भन्ने कुरामा बढी घोत्लिने गर्छन् । उनीहरूलाई लाग्छ कि यस्तो कुनै प्रश्न नसोधियोस् जसबारे आफूलाई जानकारी नभएको होस् । जसले गर्दा ऊ नर्भस हुने गर्छ । तर, केही प्रश्न यस्ता छन्, जुन हरेक जागिरका लागि सोधिन्छन् ।

१. आफ्नो बारे बताउनुस् ।

यो प्रश्न हरेक प्रकरका अन्तर्वार्तामा सोधिन्छ । तर, यस्तो प्रश्नलाई प्रायले गम्भीर रूपमा लिँदैनन् । यस्तो प्रश्नबाट अन्तर्वार्ता लिने मानिसले पर्सनालिटी बुझ्न खोजिरहेको हुन्छ । यही प्रश्नबाट तपाईंंको स्वभाव, गम्भीरता र रुचिबारे जानकारी लिने प्रयास गरिरहेको हुन्छ । त्यसैले तपाईंंले आफ्नो नेचर, हबी र ब्याकग्राउन्डबारे गम्भीरतापूर्वक जानकारी दिन जरुरी हुन्छ । यस्तो वेला शब्द छनोटमा निकै होसियारी अपनाउन जरुरी हुन्छ ।

२. यो क्षेत्रमा आउनुको कारण ?

यदि तपाईंंले कुनै अन्तर्वार्ता दिनुभएको छ भने यो प्रश्नको पनि सामना गर्नुभएको होला । यो पनि एउटा कमन प्रश्न हो । जसको जवाफ सोचेर दिन जरुरी हुन्छ । यो प्रश्न रुचिसँग जोडिएको हुन्छ । यस्तो प्रश्नको उत्तर घुमाएरभन्दा पनि सीधा र प्रस्टसँग दिनुपर्छ ।

३. यो पदका लागि कसरी योग्य मान्नुहुन्छ ?

यस्तो प्रश्नमा आफ्नो क्षेत्रसँग जोडिएका महत्वपूर्ण जानकारी सेयर गर्न सक्नुहुन्छ । तपाईंले जुन पदका लागि आवेदन दिनुभएको छ, त्यसको स्किलबारे बताउन सक्नुहुन्छ । र, यो पदमा रहेर के–केसम्म गर्न सक्नुहुन्छ भन्ने कुरा पनि बताउनुस् । यस्तोप्रश्नमा आफ्नो क्षमताबारेपनि बताउन आवश्यक हुन्छ ।

४. कम्पनीको बारेमा के थाहा छ ?

कतिपय मानिस अन्तर्वार्ता दिन त जान्छन् तर कम्पनीले गर्ने काम र उद्देश्यबारे भने अनभिज्ञ हुन्छन् । त्यसैले अन्तर्वार्तामा पुग्नुपूर्व सम्बन्धित कम्पनीको बारेमा राम्रोसँग अध्ययन गर्न जरुरी हुन्छ ।

५. कम्पनीका लागि के गर्न सक्नुहुन्छ ?

यो पनि अर्को कमन प्रश्न हो । तपाईंले कम्पनीको बारेमा जानकारी लिएको आधारमा यसको उत्तर दिन सक्नुहुन्छ । यस्तो प्रश्नमा कम्पनीको ग्रोथका बारेमा चर्चा गर्न पनि जरुरी हुन्छ ।

६. कम्पनीलाई के छोड्न चाहनुहुन्छ ?

यो पनि अन्तर्वार्ता दिँदा सामना गर्नुपर्ने अनिवार्य प्रश्न हो । प्रायः मानिसले यसमा भावनात्मक जवाफ दिन्छन् । जुन प्रभावकारी हुँदैन । त्यसैले यस्तो प्रश्नमा होसियारीपूर्वक भन्नुपर्छ कि ‘च्यालेन्ज मन पर्छ र केही नयाँ सिक्न चाहन्छु ।’

अन्तर्वार्ता टिप्स

– अन्तर्वार्तामा सोधिने सम्भावित प्रश्नको राम्रोसँग तयारी गर्नुस् ।
– अन्तर्वार्तामा जाने समय ड्रेसमा कन्सस हुनुहोस् । दाह्री, कपाल काट्नुहोस् र सुहाउँदो ड्रेस छनोट गर्नुस् ।
– अन्तर्वार्ताका लागि बोलाइएको निर्धारित समयभन्दा १५ मिनेटपहिले नै पुग्नुस् ।
– भनिन्छ ‘फस्र्ट नै लास्ट इम्प्रेसन हो ।’ त्यसैले पहिलो भेटमा राम्रो छाप बसाउने प्रयास गर्नुस् ।
– कुरा गर्दा बडी ल्याङ्ग्वेजमा विशेष ध्यान दिनुहोस् ।