काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीपरिषद्को बैठक केहीबेरका लागि स्थगित गरेर आली निवास बालकोट पुगेका छन् । बिहान ११ बजे बस्ने भनिएको मन्त्री परिषद्को बैठक केहीबेरका लागि स्थगित गरेर प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसंग छलफलका बालकोट गएका हुन् ।
हिजो मधेशी मोर्चासंगको सहमति अनुसार संविधान संशोधन तथा स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बठक अगावै विपक्षी दलका नेता केपीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोटतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । शनिबार सात घण्टा लामो बैठकपछि सरकार र मोर्चाबीच दुई चरणमा चुनाव गर्ने सहमति भएको थियो । प्रदेश नम्बर एक, दुई, पाँच र सातको जेठ ३१ गते र बाँकी बैशाख ३१ गते स्थानीय चुनाव गराउने सहमति भएको हो ।


ADVERTISEMENT


सहमतिअनुसार विधेयकलाई परिमार्जन गर्ने काम आइतबारदेखि नै शुरु गर्ने र फास्ट ट्रयाकबाट सविधान संशोधन गरी दुई चरणमा चुनाव सम्पन्न गर्ने सहमति भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रमुख प्रतिपक्षी दलसँग छलफल नै नगरी महत्वपूर्ण विषयमा सहमति गरेको भन्दै आपत्ति जनाएका थिए ।


ADVERTISEMENT

# # #


‘हामीलाई सहमति भयो भन्ने पनि थाहा छैन । केमा सहमति भयो भन्ने पनि थाहा छैन, कुनै जानकारी पनि दिइएको छैन । देश चुनावमा छ । चुनाव सार्ने, चुनाव चरणबद्ध रूपमा गर्ने विषयमा दलहरूसँग सल्लाह भएको छैन । निर्वाचन आयोगसँग सल्लाह भएको छैन, उसले दलहरूसँग कुरा गरेको छैन । यस्तो गैरजिम्मेवारपूर्ण कुराको हामीले के उत्तर दिने रु,’ नेम्वाङले भने ।
केहीबेरमा मन्त्रीपरिषद्को बैठक सुचारु हुने बताइएको छ । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा जुटिसकेका छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्य्र निधी पनि उपस्थित छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले दुई चरणको चुनावबारे आजै निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गरेका छन् ।