काठमाडौँ– सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निश्चित गराएको छ ।


ADVERTISEMENT


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार सरकार दुई चरणमा निर्वाचन गर्ने निर्णयमा पुगेको हो ।


ADVERTISEMENT

# # #


मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद लैजाने भनिए पनि विधेयकमा संशोधन दर्ताका लागि संसद सचिवालयले ७२ घण्टाको समयअवधि दिने भएकाले त्यसभित्र थप संशोधन दर्ता गराउने भएको छ । सरकारले संसदमा परिमार्जनको अर्को प्रस्ताव लैजान नपर्ने मन्त्री जोशीले प्रस्ट पारे ।

मोर्चाको माग सम्बोधनका लागि संशोधन प्रस्ताव ‘फास्ट ट्रयाक’बाट पारित गर्ने पनि सरकारको निर्णय छ । अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते चुनाव हुनेछ । प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।