काठमाडौं–नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा एक चौथाइ डाक्टर फेल भएका छन् ।


ADVERTISEMENT


काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक भएकामा १ हजार २ सय १४ जना मात्र पास भएका छन् ।


ADVERTISEMENT

# # #


एमबीबीएस सकेर मुलुकमा चिकित्सा अभ्यास गर्न अनुमति लिन खोजेका ४ सय २४ जना अर्थात २५.८९ प्रतिशत पास हुन सकेनन् । लाइसेन्सिङ परीक्षा फेल भएकाले अब डाक्टरका रूपमा चिकित्सा अभ्यास गर्न नपाउने भएका छन् ।

बीडीएस गरेका ३ सय ४ जनाले परीक्षा दिँदा २ सय ६५ जना दाँतका डाक्टरले लाइसेन्स परीक्षा पास गरेका थिए भने ४२ जना फेल भएका थिए ।

परीक्षामा मोबाइल, क्याल्कुलेटर, स्मार्ट घडीलगायत कुनै प्रकारका इलेक्ट्रोनिक साधन ल्याउनसमेत निषेध गरिएको थियो । – आजको कान्तिपुरबाट