काठमाडौं–सिन्धुलीको हरिहरपुरगढीस्थित कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको छ । हेटौंडा–सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी–५ झ्याडीस्थित क्याम्पमा गएराति १ बजेतिर विस्फोट र आगजनी भएको हो ।


ADVERTISEMENT


आगजनीबाट एउटा बोलेरो जिपमा पूर्ण क्षति र दुईवटा ट्रिपरमा आंशिक क्षति भएको प्रारम्भिक जानकारी आएको एसपी टिकाबहादुर केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले स्रोतसँग भने, ‘गएराति एक बजेतिरको घटना हो, विष्फोट भएको आवाज पनि सुन्नमा आएको भन्ने छ, अनुसन्धान गर्दैछौं ।’

आगजनी र विस्फोट गराउने समूहको पहिचान भएको छैन । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

धरान–चतरा सडकखण्ड निर्माण कार्यमा कालिका कन्स्ट्रक्सन संलग्न थियो । क्याम्पमा तारबार गरिएको थिएन ।

विस्फोट र आगजनीबाट करोडौं मूल्य बराबरका मेसिन, गाडी र भवनमा क्षति पुगेको अनुमान गरिएको छ । क्षतिको पूर्णविवरण आउन बाँकी छ ।