काठमाडौं– बिहीबार राति ११ बजेर ५० मिनेट जाँदा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी अपिल बोहोराले थापाथली बिटको ब्यारेकमा मध्यरातमा बाहिरबाट युवती आएको सूचना पाए ।


ADVERTISEMENT


सूचना पाउनासाथ उनले ड्युटीमा रहेको मोबाइल भ्यानलाई चेकिङ गर्न आदेश दिए ।


ADVERTISEMENT

# # #


चेकिङका क्रममा बिट इन्चार्ज (हवल्दार) को ब्यारेकमा रामेछाप स्थायी घर भएकी एक युवती फेला परिन् ।
मध्यराति ब्यारेकमा युवतीलाई बोलाउनुको कारण सोध्दा हवल्दारलेस्पष्ट जवाफ दिन सकेनन् । त्यसपछि उनलाई निलम्बको सिफारिससहित महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सिंहदरबारका डीएसपी अपिल बोहोराले जानकारी दिए ।

प्रहरीले मध्यराति ब्यारेकमा भेटिएकी युवतीमाथि सार्वजनिक अपराधको मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान सुरु गरिएका हवल्दारमाथि विभागीय कारवाहीको तयारी भएको बताइएको छ ।

यस विषयमा आरोपी हवल्दारको भनाई भने केही आएको छैन् ।