काठमाडौं–चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डविरुद्ध गोलको वर्षा गरेपछि बायर्न म्युनिख लिग उपाधि हासिल गर्नबाट मात्र एक जीत टाडा रहेको छ ।


ADVERTISEMENT


बुन्डेस लिगामा डेर क्लासिकेर भनेर चिनिने दुई टोलीबीचको खेलमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे पछि बायर्न ६–० को विशाल अन्तरले विजयी बनेको हो ।


ADVERTISEMENT

# # #


अन्य गोल थोमस मुलर, हामेज रोड्रिग्वेज र फ्रांक रिबरीले गरे । पराजयपछि डर्टमण्ड बायर्नभन्दा २१ अंकले पछि लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।

अब शनिबार अस्बर्गविरुद्धको खेलमा जित हासिल गरे जप हायेन्कसको टोलीले ला लिगाको उपाधि हासिल गर्नेछ । ७२ वर्षीय प्रशिक्षकले बायर्नमा पाँचवटा मुख्य उपाधि जितिसकेका छन् ।

मंगलबार बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सेभियाको सामना गर्दैछ । यसअघि, दोस्रो स्थानमा रहेको साल्केले फ्रिबर्गलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।