काठमाडौं–प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत लगिएको भनिएको गुप्तचर संगठन (राष्ट्रिय अनुसन्धान विभाग)ले अझै गृह मन्त्रालय मातहत नै काम गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विभागलाई आफ्नो मातहत लैजाने निर्णय गरेको भए पनि कानुनी अड्चनका कारण लान नसकिएको हो ।


ADVERTISEMENT


विभागका प्रवक्ता लक्ष्मण गुरुङले कानुन नहुँदा गृह मन्त्रालयमै बस्नु परेको बताए । गुप्तचर संगठनसम्बन्धी व्यवस्था गरिएको ऐन र नेपाल विशेष सेवा ऐन २०४२ को दफा ४(१) मा सो विभाग गृह मन्त्रालयअन्तर्गत रहने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


ऐन संशोधन नगरेसम्म कार्यालय जान गाह्रो हुने बताउँदै प्रवक्ता गुरुङले भने,

–हामीले सूचनाहरु संकलन गर्ने र विश्लेषणसहितको रिपोर्ट बुझाउने हो ।

–जो जससँग सम्बन्धित छ तत्तत् निकायमा पुर्याउँछौं । त्यो गृहमा पनि पुग्छ ।

–प्रधानमन्त्रीको कार्यालयमा त पुग्ने नै भयो । – आजको नेपाल समाचारपत्रबाट