काठमाडौं–बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जानकारी दिए । बिष्टका अनुसार, कोखा र दाहिने हातमा गोली लागेको शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


प्रहरीले गोली हानी श्रीमतीको हत्या गर्ने सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जयकुमारले वयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले हत्या गरेको बताएका छन् ।

नियन्त्रणमा रहेका सञ्जयकुमारमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।