काठमाडौं–सर्लाहीको पर्सा गाउँपालिका–३ स्थित नारायणपुरमा गोली चलेको छ । शुक्रवार विहान करिब चार बजे अज्ञात ब्यक्तिहरुले चलाएको गोली लागेर भारत भर्जुवा घर भएका १९ बर्षका राजीव पासवान घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) मसुद आलम खानले जानकारी दिएका छन् ।


ADVERTISEMENT


प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य विवादमा भारतको भर्जुवा स्थायी घर भएका घाईते पासवानकै छिमेकीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । राजीवको दाहिने पाखुरामा गोली लागेको छ ।


ADVERTISEMENT

# # #


अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भारतको सितामडी पठाउने तयारी भईरहेको एसपी खानले बताए । उनका अनुसार गोली चलाउनेको पहिचान भैसकेको छ ।