बागलुङ–जिल्लाको काठेखोला गाउपालिकाको एक सहकारी संस्थाद्वारा सञ्चालित एक गाई फार्ममा आज बिहान आगलागी हुदाँ ७५ लाख बराबरको सम्पत्ती नष्ट भएको छ ।


ADVERTISEMENT


काठेखोला गाउँपालिका वडा नं २ भीमापोखरामा बागलुङ पशु श्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको फार्ममा आगलागी भएको हो ।


ADVERTISEMENT

# # #


बिहान ३ बजेको समयमा अचानक भएको आगलागीबाट गाई गोठ र गोठमा रहेका महत्वपूर्ण उपकरणहरु जलेर नष्ट भएको संस्थाका उपाध्यक्ष दिपक गौतमले बताए । १ सय २५ वटा गाई रहेको फार्ममा आगलागी हुदाँ १० वटा गाई घाइते भएका छन् ।

गोठमा रहेको मिल्किङ मेसिन, कटिङ मेसिन, क्यानहरु, वर्षाको समयका लागि संकलन गरिएको घाँस लगायत जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । करिब ९० रोपनी जग्गामा ४ करोडको लागतमा सञ्चालित फार्ममा १ सय २५ वटा गाई रहेका छन् ।

दैनिक १ हजार लिटर दुध विक्री गर्दै आइरहेको संस्थाले ८ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।