काठमाडौ – सधै विद्यालय ढिला आउने गरेका युकेजीमा पढ्ने बालकलाई जव शिक्षिकाले सधै ढिलो आउनुको कारण सोधिन् तव आमाको छोरामाथिको निर्दयीताको घटना उदांग भयो । आफ्नै आमाबाट पटक पटक आइरनले डामिंंदै आएका यूकेजीमा अध्यनरत बालकलाई आमाको हर्कतले पिडित बनाएको पहिलोपटक भने होइृन ।


ADVERTISEMENT


शिक्षिकाले ढिलो आउनुको कारण खोजेपछि उनले घाउ देखाए । हेर्न नसकिने अवस्थामा रुँदै ती बालकले आफ्नै आमाले जहिले पनि खान थोरै दिने कुटने र तातो आइरनले यसरीनै डाम्ने गरेकाले ढिलो हुने गरेको बताए । बालकको शरिरभरी तातो आइरनले डामेको निसानै निसाना देखे पछि ति शिक्षिका चकित परिन । बालकले मिस यता हेर्नुस् भन्दै आफ्नो शरीरमा लगाएको कपडा खोलेर देखाएपछि घटना सार्बजनिक भएको हो ।


ADVERTISEMENT

# # #


पहिलो पटक नभएर पटक पटक यसरीनै डामिने गरेको बताएका वालकलाइ थप सोधपुछ गरियो । विद्यालयले यसरी यातना नदिन आग्रह गर्यो । तर पनि वालककी आमा विराटनगर ३ की सरला काफ्लेले बेवास्ता गर्दै स्कुलमा भन्ने भनेर छोरालाइ थप पिडा दिएको खुलेको छ ।

यातना नरोकिएको र झन झन पोल्ने गरि आइरनले डामे पछि स्कुलले निज काफ्ले विरूद्व प्रहरी प्रशासनमा जाहेरी दिएको छ । बच्चाले सहनै नसकेर पोलेको घाउ देखाउदै रून थालेपछि आफुले बाध्य भएर प्रहरीकहाँ भनेको प्रिन्सिपल अमिस रेग्मीले बताए ।

यसअघि पनि उक्त महिलाले सँगै बसेका आफ्ना शाशु शसुरालाई धेरै अपमान गरेका कारण उनका श्रीमानले आफुसँगै काठमाडौंमा लगेर राखेका थिए तर नाबालक छोरा आमासँगै रहँदा ठिक हुने सम्झी छाडेका थिए ।

अब उक्त घटना सार्बजनिक भए संगै प्रहरीले बालकलाइ बाबुको जिम्मा लगाएको छ भने निर्दयी आमालाइ हिरासतमा राखेको जनाएको छ ।