कैलाली– सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला मैत्री कानून बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आज सात नम्बर प्रदेशस्तरीय महिला मञ्चद्वारा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामानिजक, सांस्कृतिक र मनोगत रुपान्तरणका लागि सामाजिक क्रान्तिको आवश्यक रहेको बताए । मुख्यमन्त्री भट्टले संविधानले सुनिश्चित गरेको महिला अधिकारहरु सुनिश्चित गर्दै सात नम्बर प्रदेशलाई लैंगिक समानतातर्फ उन्मुख गर्न नेतृत्व लिने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष तथा महिला मञ्च २०७४ मुल आयोजक समितिका संयोजक डा।रेणु अधिकारीले महिललाई हेर्ने सोच परिवर्तन बिना देशले लिएको सबृद्धि सहितको समाजवादको लक्ष्य पुरा नहुने बताईन् ।