सिन्धुपाल्चोक – काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।


ADVERTISEMENT


बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ। मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ ।


ADVERTISEMENT

# # #


बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।