नवलपरासी–नारायणी नदीका विभिन्न ठोकर मर्मतका लागि भारतीय ठेकेदारहरुले नारायणी नदीबाटै धमाधम बालुवा झिकिरहेका छन् । नवलपरासीस्थित नारायणी नदी (गण्डकी) का ९ वटा ठोकर मर्मतका लागि नारायणी नदीबाट अवैध रुपमा बालुवा झिकेका हुन् ।


ADVERTISEMENT


बर्षामा भत्किएका ६ नम्बर देखि १५ नम्बरसम्मका ठोकर भत्केका छन् । प्रत्येक ठोकर मर्मतका लागि भारत सरकारले एक करोड भन्दा बढी रकममा ठेक्का लगाएको छ । जसको स्टिमेटमा बाहिरी खोलाहरुबाट बालुवा, गिट्टि, ढुुंङ्गा प्रयोग गर्ने उल्लेख छ । तर, ठेकेदारहरुले भने सम्झौताविपरित नारायणी बदिबाटै बालुवा निकालेर प्रयोग गरेको स्थानीय लख्खु यादवले बताए ।
नेपाल भारत सरकारबिच २०१६ सालमा भएको २१ बुँदे गण्डक सम्झौतामा नदीबाट कुनै पक्षले कुनै प्रकारका नदीजन्य पदार्थ झिक्न नपाईने सम्झौता छ ।
ठेकेदारले नदिको अवैध उत्खनन् गरेपनि स्थानीय प्रहरी र प्रशासन मुकदर्शक बनेको छ ।


ADVERTISEMENT

# # #


केही समयअघि स्थानीय तस्करले नदीबाट नदीजन्य पदार्थ निकालेर विक्री वितरण गर्दा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कारोबारीहरुको सवारी साधन एवं स्टक बरामद गरेर जरिवाना तिराएका थिए ।

तर, गाउपालिकाले भारतीय ठेकेदारलाई भने केही गर्न सकेको छैन । ठोकरहरुको वर्षेनी सिसी ब्लक ढलान गरि निर्माण गर्ने गरिन्छ तर, गुणस्तरहिन र कमजोर निर्माणले ठोकरहरु वर्षेनी भत्किने र धस्सिने गर्दा बाँध फुटने खतरा बढ्दै गएको छ । गण्डक क्षेत्रमा साविकका १३ गाविसमध्ये नदी छेउका त्रिवेणी सुस्ता, कुडिया, नर्सही, पह्लिहवाँ, गुठीपर्सौनी लगायतका गाविसहरु बाढीको उच्च जोखिममा पर्दै आएका छन् ।