कैलाली– माओवादी केन्द्र प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले आफुले राजनीतिक जीवनमा कसैवाट एक कप चिया खाएको प्रमाण भेटाए राजनीतिबाटै सन्यास लिने बताएका छन् । शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन गरी नेता भट्टले हरैयाको जग्गामा आफनो कुनै संग्लग्नता नरहेको र सो जग्गाबाट एक रुपैयाँ लगेको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने बताएका हुन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जाल र केहि मिडियामा हरैया जग्गामा पैसा खाएको भ्रमपूर्ण समाचार आएकोमा बिरोध गर्दै भट्टले यस्तो नगर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरे । पूर्व मन्त्री समेत रहेका भट्टले द्घन्दकालमा कब्जा गरिएका जग्गा शान्तिसम्झौता अनुसारनै पार्टीले फिर्ता गरिसकेको उल्लेख गरे । उनले पार्टीको अधिकार प्रयोग गरि कसैले जग्गा दलाली गरेको पाए कार्बाही गर्ने चेतावनी समेत दिए ।


ADVERTISEMENT

# # #


कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको मुद्दा अदालतमा रहेकाले अदालतकै आदेश अनुसार सरकारले काम गर्ने उनले बताए । उनले प्रदेश नम्बर ७ का राष्ट्रिय गौरवका आयोजनाहरुलाई छलफल गरि केन्द्रीय आयोजनामा पार्ने कामलाई प्राथमिकता दिई अघि बढ्ने पनि बताए ।