काठमाडौं । काठमाडौंमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारको सहयोगमा निर्मित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको उद्घाटन गर्नुभएको छ। काठमाडौंको मातातिर्थमा बनेको सो भवनको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ राजदूत यु होङ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत उच्चपदस्थ सुरक्षा अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।


ADVERTISEMENT


उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले चीन नेपाल मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै समयभन्दा अगावै चीनले यो परियोजना सम्पन्न गरेकोमा प्रशंसा गर्नुभयो।


ADVERTISEMENT

# # #


तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरेका हुन् ।

सन् २०१३ को जुन २५ तारिखमा नेपाल र चीनबीच भएको सम्झौता अनुसार नेपालको सशस्त्र प्रहरी बलको एकेडेमी भवन चीन सरकारको सहयोगमा बन्ने निर्णय गरिएको थियो। सोही बमोजिम चिनियाँ सहयोगमा सशस्त्र प्रहरी बलको एकेडेमी निर्माण सम्पन्न भएको हो। सन् २०१५ को अप्रिल १६ मा निर्माण सुरू गरिएको भवनमा शिक्षण, छात्रावास, क्यान्टिन, इनडोर(आउटडोर तालिम केन्द्र, चमेना गृह लगायत १९ वटा भवनहरू रहेका छन्। यसको निर्माणकर्ता कम्पनी चाइना रेलवे (१४औं व्युरो ग्रूप कम्पनी लिमिटेडले सन् सन् २०१७ को मे १५ मा निर्माण सम्पन्न गरी सोही वर्षको जुनमा हस्तान्तरण गरेको थियो।

समारोहमा राजदूत यु होङले नेपाल चीन सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

भवन आफू मातहतमा आएपछि सशस्त्र प्रहरीले पनि नयाँ भवनबाट आफ्ना तालिम लगायत गतिविधिहरू संचालन गर्न थालेको छ। भवन निर्माणका क्रममा ३ सय नेपाली कामदारहरूले चिनियाँ सहकर्मीबाट तालिम, चिनियाँ निर्माण शैली, सीप र प्रविधिबारे पनि जानकारी पाएका छन्।