काठमाडौं–नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गरेर फर्किएको बताएका छन् ।


ADVERTISEMENT


जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर वान डे मान्यता पाएको नेपाली क्रिकेट टिम सोमबार काठमाडौं ओर्लेपछि पारसले सिमित पुर्वाधार र सुविधाबीच पनि खेलाडीहरुले देशका लागि सक्दो मेहनत गरेर आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सिमित स्रोत र साधनबीच पनि नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि वान डे इन्टरनेशनल मान्यता पाउन सकेको भन्दै पारसले अब सरकार र खेलका जिम्मेवार पक्षले पूवार्धार खेलाडीको हेरचाहमा ध्यान दिनुपर्ने बताए ।

पारसले धेरै वर्षदेखिको आफूहरूले देखेको सपना पुरा भएको भन्दै नेपाली क्रिकेट टोलीका लागि यो खुसीको क्षण भएको बताए । उनले अझै राम्रो प्रदर्शन गरेर टेस्ट मान्यता पनि लिन आतुर रहेको र त्यसका लागि राज्यले क्रिकेटलाई विशेष लगानी गर्नुपर्ने बताए ।