काठमाडौं(रासस)–पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताएका छन् ।


ADVERTISEMENT


नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


“दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो”, उनले भने, “देशले अब संविधान कार्यान्वयनको चरण पार गर्दैछ ।”

स्थायी सरकार भएकाले दिगो विकास र आर्थिक समृद्धि नै अबको लक्ष्य रहेको उनको भनाइ रहेको थियो । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले तालमेलबिना विकास हुन नसक्ने धारणा राखेका छन् । कुनै क्षेत्र र जिल्लाको मात्र विकास भएर सिंगो देशको विकास हुन नसक्ने बताउँदै उनले सबै ठाउँको समानुपातिक विकास हुनुपर्नेमा जोड दिएका छन् ।

राम्रो काम गर्ने स्थानीय तहको र प्रदेशको अनुशरण गर्न सक्नुपर्ने उनको भनाइ रहेको थियो । फरक प्रशंगमा उनले इलाममा बीसवर्षे गाडी सञ्चालन हुनुपर्ने धारणा राखेका थिए । भौगोलिक विकटताका कारण इलाममा २० वर्षे पुराना भए पनि यिनै गाडी उपयुक्त रहेको उनको भनाइ थियो ।