बुटवल– प्रदेश ५ मा सरकार विस्तारको अन्तिम तयारी भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले आज वा भोलिसम्मा कम्तीमा ३ मन्त्री थप गरेर मन्त्रिपरिषद ६ सदस्यीय बनाउँदैछन् ।


ADVERTISEMENT


एमालेका लिला गिरी (रुपन्देही) मन्त्री बन्ने करिब पक्का भएको एमाले स्रोतले जनाएको छ । त्यस्तै एमालेकै आरती पौडेल (बाँके) र विष्णु पन्थी (कपिलवस्तु) र माओवादीका सुदर्शन बराल (गुल्मी) र कृष्णा केसी (बाँके) को नाम पनि मन्त्रीको चर्चामा छ ।


ADVERTISEMENT

# # #


गिरी रुपन्देहीको निर्वाचन क्षेत्र २ क बाट निर्बाचित प्रदेश सांसद हुन् भने पौडेल बाँके क्षेत्र नम्बर १ ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।यसअघि फागुन ३ गते मुख्य मन्त्रीसहित ३ जना सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो ।

प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटि सदस्य शंखर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा एमालेका बैजनाथ चौधरी छन् । चौधरी सरकारका प्रवक्ता पनि हुन् ।

मन्त्री चौधरीले भने, ‘सके आजै नसके भोलि सरकार विस्तार हुन्छ, माओबादीबाट नाम सिफारिस हुन ढिलो भएको छ ।’ माओवादीले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको उनले बताए ।