काठमाडौं – खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’ को गीत सार्वजनिक भएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप…’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


गीतमा कालीप्रसाद बास्कोटाको स्वर र सङ्गीत रहेको छ । गीतमा शब्द कालीप्रसाद, एकतारे र हर्क साउदको छ । गीतमा खगेन्द्र लामिछाने, अनुप बराल, बुद्धि तामाङ, आशान्त शर्मा, मेनुका प्रधान, अनुप बराल, लक्ष्मी बर्देवा र इंगि होपू कोइच सुनवार फिचर छन् ।


ADVERTISEMENT

# # #


छेतेन गुरुङले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डीबियो’ मा कथा खगेन्द्र लामिछानेले लेखेका छन् । चलचित्र वैशाख २१ गते रिलिज हुँदैछ ।