काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद शिवमाया तम्बाहाम्फे निर्वाचत भएकी छन् । उनले संसदमा उपस्थित संस्ख्याको दुई तिहाईभन्दा बढि मतले वियी भएकी हुन् ।


ADVERTISEMENT


संसदमा २५८ जना सांसद उपस्थित थिए । निर्वाचित तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ । यस्तै उनको विपक्षमा नेपाली कांग्रेसबाट पुष्पा भुषाल गौतम उठेकी थिइन् । पुष्पाको पक्षमा जम्मा ५८ मत परेको थियो ।


ADVERTISEMENT

# # #


तुम्बाहाम्फेलाई वाम गठबन्धनका साथै मधेशवादी पार्टी लगायतको सहयोग रहेको छ ।