काठमाडौं– नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रमीण क्षेत्रमा जिएसम मोवाइल सेवा उपलव्ध गर्ने कामलाई तिव्रता दिएको छ । बुधबार एक विज्ञप्ति जारी गरी टेलिकमले सो कुराको जानकारी दिएको हो ।


ADVERTISEMENT


उक्त कम्पनीले २०७४ फागुण २९ गतेदेखि उक्त क्षेत्रमा सेवा सुरु गरेको जनाइएको छ । कम्पनीका अनुसार उक्त जिल्लाका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । अव ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ ।


ADVERTISEMENT

# # #


उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी ती क्षेत्रमा सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ ।

कम्पनीका अनुसार यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ । यो सेवा विस्तार गरेसँगै सो क्षेत्रका करिब ४ हजार सेवाग्राही लाभवान्वित हुने कम्पनीको दाबी रहेको छ ।