काठमाडौँ– प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको पत्र थमाएको हो ।


ADVERTISEMENT


परिषद्ले २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।


ADVERTISEMENT

# # #


परिषदका  सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा भनिएको छ, सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरिय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’

पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’