काठमाडौं– सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब  चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


४९ जनाकै शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र डिएनए परीक्षण गरेर  आफन्तलाई बुझाइने  अस्पताल स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


बंगलादेशको ढाकाबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा  दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका  ४ सदस्यसहित  ७१ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच  त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तको भीड लागेको छ ।  आफन्तहरु मृतकको शब बुझ्न अस्पतालमा पुगेका हुन् ।