काठमाडौं–महानगरीय प्रहरी बृत्त दरबार मार्गको प्रहरी टोलीले पाँच केजी लागु औषध (चरेश) सहित दुई जना युवालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सादा पोशाकमा दरबार मार्ग बृत्तबाट खटिएको प्रहरी टोलीले काठमाडौं–२, लाजिम्पाटबाट चरेशसहित दुई जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा तालावाङ–५, रोल्पा घर भई नवलपरासी गैंडाकोट बस्ने वर्ष ३२ का विजय घर्तिमगर र बाबियाचौर–४, म्याग्दी घर भई पोखरा नदीपुर बस्ने वर्ष ३० का सुमन रोका मगर रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई सोमबार साँझ ७ः३० बजे चरेश बिक्री गरिरहेको बेला लाजिम्पाटको द इम्पोरियल क्याफे एण्ड रेष्टुरेष्टबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको दरबार मार्गका प्रहरी प्रमूख डिएसपी दान बहादुर मल्लले जानकारी दिए ।