काठमाडौं–चरम यातना दिएर छोरीको हत्या गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नी १९ वर्षिया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर–६ का ४० वर्षिया दिलिपकुमार यादवलाई पक्राउ गरेको हो । आमा फरार छिन् ।


ADVERTISEMENT


काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षिया स्नेहा कुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आंशंका गरेको हो । ‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठुलो–ठुलो स्वरमा उनीहरूबिच झगचा भयो’, घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भने , ‘त्यही साँझ नै आमाबाबुको चरमयातनाले स्नेहाको मृत्यु भएको आशंका छ । आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #