काठमाडौं–‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिल मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ ।


ADVERTISEMENT


‘प्रधानन्यायाधीशको अयोग्यताबारे लेखिएका समाचारलाई लिएर कान्तिपुरमाथि अवहेलना मुद्दा लगाइनु र समाचार छाप्न रोक्न प्रेस काउन्सिललाई आदेश दिइनु प्रेस स्वतन्त्रताविरुद्ध कदम हुन्,’ महासंघका महासचिव रमेश विष्टले भने, ‘अदालतले त्यही प्रकृतिको फैसला सुनाए महासंघ सडकमा उत्रन बाध्य हुनेछ ।’


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति र प्रमाणपत्र सम्बन्धमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै दायर मुद्दाको सर्वोच्चमा सुनुवाइ जारी छ । यसअघि पराजुलीकै एकल इजलासले कान्तिपुरलाई सर्वोच्चमा झिकाउनुका साथै ‘सेन्सरसिप’ लगाउन काउन्सिललाई आदेश दिएको थियो ।

उक्त कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित हुने स्थितिमा पुगेको निचोडसहित कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन महासंघको उच्चस्तरीय टोली आइतबार कान्तिपुर कार्यालयमा आएको हो ।– आजको कान्तिपुरबाट