बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए ।


ADVERTISEMENT


उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोख्रेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चा, फोरमले पोख्रेललाई समर्थन गरे । कांग्रेसका १८ मत पोख्रेललाई परेनन् । राजपाको एक सिट रहेपनि अहिलेसम्म उक्त पार्टीका सभासदले सपथ ग्रहण समेत गरेका छैन्न् ।


ADVERTISEMENT

# # #


विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्ने मुख्यमन्त्री पोखरेलले तीन तहको सरकारमध्ये प्रदेश सरकार विधिवत रुपमा स्थापित गर्ने क्रममा रहेकोले जनताले अनुभूति गर्ने काम गर्ने बताए । उनले ५ नम्बर प्रदेश भौगोलिक दृष्टिकोणले आफ्नै विशेषत रहेकोले समृद्धि बनाउनको लागि सम्भावना रहेको बताए । उनले तराई ६ जिल्ला र पहाडका ६ जिल्ला रहेको ५ नम्बर प्रदेशमा समृद्धि बनाउको लागि केन्द्रीय सरकार, स्थानीय तह सँगको समन्वयमा विकासका काम आगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले अल्पकालीन र दिर्घकालीन योजनासहित विकासको काम शुरु गर्ने बताए । उनले तराईका जिल्लाहरु उद्योगको केन्द्रको रुपमा रहेको ४ जिल्लाहरुलाई बिषेश ध्याने, सिंचाईका आयोजनाहरु केन्द्रीय सरकारद्धारा सञ्चालित र नयाँ आयोजनाहरु थपेर तराईमा जिल्लाहरुमा अन्न भण्डार बनाउने, पहाडी जिल्लाहरु पर्यटन तथा कृषिका लागि विशेष योजनाहरु ल्याएर विकास गर्नुपर्ने बताए । उनले पर्यटनको लागि लुम्बिनी, कपिलबस्तुको जगदिशपुर ताल, गुल्मी रेगुङ्गा , अर्घाखाँचीको सुपा देउराली मन्दिर, बाँके र बर्दियामा रहेको राष्ट्रिय निकुन्ज, सम्भावनाको खानी भएको उल्लेख गर्दै पर्यटन उद्योगको रुपमा विकास गर्ने बताए ।

प्रदेश सरकार अझै कम्तिमा ३ महिना कानुन तथा नीति बनाउन लागेकोले बिषेश ध्यान दिन प्रदेश सभासदलाई आग्रह गरे । हाल केन्द्रीय सरकारले सञ्चालन गरेका ठुला आयोजनाहरु गौतमबुद्ध विमानस्थल, बबही सिञ्चाई आयोजना, लुम्बिनीसम्म रेल ल्याउने लगायतका बिषयमा समेत समन्वय गर्ने उनले बताए ।

उनले पूर्व पश्चिम रेल मार्गको लागि ५ नम्बर प्रदेशमा अधिकांश क्षेत्रमा डिपीआरको काम सम्पन भएकोले अन्य प्रदेशमा रेलवे निमार्णको लागि काम गर्दा यहाँको पनि सेक्टर–सेक्टर गरेर भएपनि काम शुरु गर्ने पर्ने बताए । यस्तै जल क्षेत्रको लागि परिचाहन भएको नैमुरे जलविद्युत आयोजना आगाडी बढाउने बताए । ५ नम्बर प्रदेशमा अशिक्षा र गरिबी मुख्य चुनैती रहेको भन्दै गरिबी निबारण गर्नको लागि प्रदेश सरकारले सामुहिक रु्रपमा काम गर्ने प्रतिबद्धताा समेत जनाए ।

आजको बैठकमा उनलाई माओवादीका सांसदले तिलकराम शर्माले समर्थन गरेका थिए । बैठकमा एमालेकी सरस्वती गौतम, नेपाली कांग्रेसका बैजनाथ कलबार जैसवाल , संघीय समाजवादी फोरम सह्मराम यादव , जनमोर्चाका तारा जि।सी। लगायत बोल्दै विकासलाई मुख्य प्राथमितामा राख्नु पर्नेमा जोड दिएका थिए । अर्को बैठक चैत ४ गते बस्ने छ ।