नयाँ दिल्ली–भारतमा इच्छा मृत्युलाई स्वीकृत दिइएको छ । शुक्रबार यहाँको सर्वोच्च अदालतले इच्छा मरणलाई सशर्त मान्यता दिने फैसला सुनाएको हो ।


ADVERTISEMENT


आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


ADVERTISEMENT

# # #


अदालतको फैसलामा स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख छ ।

अचेतन अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन बढी विरामी भएकाहरूलाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ ।

यो फैसलाका लागि पाँच जना न्यायाधीशसहितको इजलाशको नेतृत्व गरेका प्रधान न्यायाधीशले भने, ‘मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउन सक्छन् ।’

अदालतले निर्देशिका बनाएर लागु गर्नुपर्नेमा जोड दिएको छ । साथै कसैले इच्छामृत्यु चाहेमा उसको उपचार विवरण (मेडिकल रिपोर्ट) सहित अदालतमा निवेदन दिनुपर्ने र त्यसलाई अदालतले अनुमति दिनसक्ने आदेशमा उल्लेख छ।