इङल्याण्ड–इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड र तेस्रो स्थानको लिभरपुल भिड्दै छन् ।


ADVERTISEMENT


त्यस्तै राति ८ः४५ मा ५ वटा खेल हुँदैछन् । जसमा लिगको ११ औं स्थानको एभर्टनले १० औं स्थानको ब्राइटन, १५ औं स्थानको हडल्सफिल्ड टाउनले १३ औं स्थानको स्वान्सी सिटी, १६ औं स्थानको न्यूक्यासल युनाइटेडले १७ औं स्थानको साउथह्यामटन, २० औं स्थानको वेष्टब्रोमले ८ औं स्थानको लेष्टर सिटी, र १४ औं स्थानकोे वेष्टह्यामले ७ औं स्थानको बर्नलेको सामना गर्नेछन् ।


ADVERTISEMENT

# # #


यता राति ११ः१५ मा हुने आजको अन्तिम खेलमा लिगको ५ औं स्थानको चेल्सीले १८ औं स्थानमा रहेको क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।

प्रिमियर लिगको २९ औं चरणका खेलहरू सकिदा म्यानचेष्टर सिटी ७८ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै ६२ अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो, ६० अंक जोडेको लिभरपुल तेस्रो ५८ अंक जोडेको टोटेनह्याम चौंथो तथा ५३ अंक जोडेको साविक बिजेता चेल्सी पाँचौं स्थानमा रहेको छ ।