काठमाडौँ– आइसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाललेले सुरुवात मै पाँच विकेट गुमाएको छ । आज पनि नेपाललाई ओपनर सहिद अन्य भरपर्दा ब्याट्समेनले धोका दिए ।


ADVERTISEMENT


बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले आफ्ना ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलीप नाथलाई गुमाएको हो । पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल एक रन बनाएर पेवेलियन फर्किए । उनले सात बलको सामना गरेर मात्र एक रन बनाए । यस्नै अर्का ओपनर दिलीप नाथ पनि दोहोरो अंक छुन नपाउँदै आउट भए । आफ्नो पहिलो बलमा चौका प्रहार गरेका उनले दोस्रो बलमा नै आउट हुन पुगे ।


ADVERTISEMENT

# # #


यस्तै तेस्रो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी पनि एक रनमा आउट भए । पाचौँ नम्बरमा आएका भरपर्दा ब्याट्समेन शरद भेष्वाकर पनि खाता खोल्न नपाउँदै आउट भए ।  यस्तै आरिफ सेखपनि एक २ रनमा पेवेलियन फर्किन बाध्य भएन ।

नेपालको ताजा अवस्थामा १४ ओभरमा ५ विकेट गुमाएर  ५२ रन भएको छ ।

यता स्कटल्याण्डका लागि सोर्ट ह्विटिंगमले तीन विकेट लिएका छन् भने सफ्यान सरिफको नाममा एक् विकेट रहेको छ ।

आज नेपाल स्कटल्याण्डमाथि जित हात पार्दै विजय सुरुवात गर्ने दाउमा रहेको छ । यस्तै लगातार दुई खेल जितेको स्कल्याण्ड आफ्नो जितलाई निरन्तरता दिन चाहान्छ । यदि आजको खेल स्कल्याण्डले जितेमा प्रतियोगिताको सुपर सिक्समा जानेछ । तर अघिल्लो खेल हारिसकेको नेपालले सुपर सिक्समा जाने बाटो सहज पार्न आज जित्नैपर्ने दबाबमा छ ।