काठमाडौं–आठ घण्टामा सबैभन्दा बढी रक्तदान गरि गिनिज बुक अफ वर्ड रेकर्ड बनाउने प्रयासमा राजधानीको टुँडिखेलमा वृहत रक्तदान कार्यक्रम गरिदैछ ।  विभिन्न सामाजिक संघ–संस्थाको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा रक्तदान गर्न सर्वसाधरणहरु उल्लेख्य संख्यामा टुँडीखेल पुगेका छन् ।


ADVERTISEMENT


रगत अभाव हुन नदिन विभिन्न संघसंस्थाले समय–समयमा छुट्टाछुट्टै रुपमा रक्तदान कार्यक्रम गर्ने गरेको भएपनि विश्वमै नेपालको रेकर्ड कायम गर्ने उद्देश्यका साथ मेघा रक्तदान कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।


ADVERTISEMENT

# # #


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल रेडक्रस, लायन्स क्लब, रोटरी क्लब, रोट्याक्ट क्लब, लियो क्लब, द रेयुकाई लगायत विभिन्न सामाजिक संघसंस्थाको आयोजनामा गरिएको बृहत रक्तदानबाट ३ हजार युनिट रगत संकलन गर्ने लक्ष्य लिइएको छ ।

केन्द्रीय रक्तसञ्चार केन्द्रले संकलन रगतको सञ्चितिको लागि आवश्यक प्रबन्ध मिलाइसकिएको जनाइएको छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार केन्द्रका उपनिर्देशक डाक्टर प्रकाश कुँवरले ३ हजार युनिट रगतका लागि सञ्चितको आवश्यक व्यवस्थापन गरिएको बताए । बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम ४ बजेसम्म चल्ने छ ।