काठमाडौँ – मधेशकेन्द्रित ७ राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानविनको माग गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले भिजिट भिसामा नाममा मानवतस्करीको बिषय जोडिएकाले छानविनको माग गर्ने निर्णय गरेको हो । भिजिट भिसा प्रकरणमा छानविन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दोषिमाथि कारवाही हुनुपर्ने बैठकको निष्कर्ष रहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
बैठकले साझा उद्देश्य पूरा गर्न आदिवासी जनजाती आवद्ध दल, संगठन र संस्थाहरुसंग सहकार्य गरेर संयुक्त रुपमा संघर्षलाई अघि बढाउन वार्ता गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयले बनाएको कार्यविधिमाथि मोर्चा आवद्ध दलको सुझाव दिएर अर्को बैठकमा अन्तिम रुप दिने निर्णय भएको महतोले जानकारी दिए ।