बाग्लुङ – बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर १० निगलपानीमा डोजरमाथि ढुङ्गा खस्दा चालक र सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बा २ क ८४२१ नंबरको डोजर माथी ढुङ्गा खसेको हो । मंगलबार दिउँसो नै दुर्घटना भएको भएपनि प्रहरीले साँझमात्रै थाहा पाएको थियो ।


ADVERTISEMENT


मृत्यु हुनेमा डोजरका चालक तमानखोला गाउँपमलिका ५ खुंखानीका प्रेम श्रीपाली र ढोरपाटन नगरपालिका ४ खुंगाका गिर प्रसाद फगामी छन् ।


ADVERTISEMENT

# # #