धनुषा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको समूहलाई चयन गरेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतले पराजित गर्दै विजयी भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी भएका छन् । महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।