उदयपुर– उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मे।१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन’ ।
बिहिवार अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाईते भएका उनिहरुलाई तत्काल प्रहरीले उद्दार गरी उपचारको लागी कटारी अस्पताल लगेकोमा अस्पताल पुर्याउनासाथ झापा दमक नगरपालिका(३ का ५५ बर्षीय माधब बस्नेतको मृत्यु भएको थियो ।
गाडी चालक दमक(९ का ३८ बर्षीय देबेन्द्र तामाङलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते भएका दमक-१० का ४९ बर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ बर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ बर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ बर्षीय भुवन दाहाललाई थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर पठाइएको छ ।