काठमाडौँ– हाल जारी एसईई परीक्षा र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै प्रदर्शन गर्ने राजावदी तथा गणतन्त्रवादी दूवै समूहले कार्यक्रमको समय परिवर्तन गरेका छन्।


ADVERTISEMENT


प्रारम्भमा ११ बजे सुरु हुने भनिएको कार्यक्रम अब १२ बजेलाई सारिएको छ । यस निर्णयसँगै एसईई परीक्षाका विद्यार्थीहरूलाई कुनै पनि प्रकारको असहजता नपरोस् भन्ने उद्देश्य राखिएको छ।


ADVERTISEMENT

# # #


यसअघि शिक्षा मन्त्रालयले परीक्षाको समयमा आन्दोलन हुनाले विद्यार्थीहरुलार्ई मर्का पर्नसक्ने र परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था नरहेको भन्दै जिम्मेवार हुन आग्रह गरेको थियो ।

सोही आग्रह र परिस्थितीप्रति सजग हुँदै दुवै पक्षले एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी गरेको छ ।