काठमाडौँ– आज काठमाडौँको मुख्य स्थान तथा सडकहरुमा राजावादी र गणतन्त्रवादी आमुन्ने–सामुन्ने
राजावादीहरूले राजको पक्षमा तीनकुनेमा प्रदर्शनी गर्ने तयारी थालेका छन्। यस्तै, प्रमुख दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्व आबद्व समाजवादी मोर्चा प्रदर्शनी मार्गमा प्रदर्शन गर्न लागेका छन् ।
मोर्चाले आफ्नो पक्षको १ लाखभन्दा बढी मानिस उतार्ने दाबी गरिरहँदा अर्काेतर्फ राजावादीहरुले सो भन्दा बढी मानिसहरु प्रदर्शनमा उतार्ने दाबी गरेको छन् । दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने सम्भावना छ।
यस स्थितीलाई मध्यनजर गर्दै सुरक्षाका लागि प्रहरी तथा सशस्त्र प्रहरी गरी ५ हजार सुरक्षाकर्मीहरुलाई सुरक्षामा खटाइएको छ ।