काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर नै ‘ग्लोबल मनी वीक २०२५’ मनाएको छ ।


ADVERTISEMENT


वित्तीय संस्थाले ‘थिंक विफोर यू फलो, वाइज मनी टुमरो’ नारासहित चैत्र ६, ९ र १० गते देशभर नै ‘ग्लोबल मनी वीक २०२५’ मनाएको हो । त्यसमा वित्तीय संस्थाले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय सचेतना र्याली तथा वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।


ADVERTISEMENT

# # #


जस अनुसार देशैभरिका विभिन्न शाखाहरुले कैलालीको अत्तरियामा ५२ जना, दाङको भालुवाङमा ४३ जना, पाल्पाको रुरु शाखामा ३२ जना, बाँकेको चप्परगौडीमा ४२ जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

यस्तै लौन्डिहवामा ७२ जना, कपिलवस्तुको देवदहमा ४९ जना, भुमहीमा ३६ जना, कल्याणपुरमा ७२ जना, बाङ्गेसिमलमा ५० जना, भानु र बन्दीपुरमा ५५ जना, कुस्मामा ३४ जना, राजापुरमा २० जना, फिदिमा ७० जना र कुशादेवीमा ३७ जना सदस्य र बालबालिका गरी १५ वटा शाखाहरुमा कार्यक्रम आयोजना गरिएको छ ।

त्यस अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाल प्रहरी, ७ ओटै प्रदेशका प्रदेश प्रमुखहरु र अन्य कर्मचारीहरु समेतको उपस्थितिमा वित्तीय सचेतना र्याली तथा वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरिएको हो ।

जसका लागि संस्थामा आवद्ध करिब ६६४ जना सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्ले कार्ड, ब्यानर आदिको प्रयोग गरी र्यालीसहित बजार परिक्रमा गरे पश्चात् ‘ग्लोबल मनी वीक २०२५’ सम्पन्न गरिएको थियो ।