सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन् । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।”


ADVERTISEMENT


पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए ।


ADVERTISEMENT

# # #