काठमाडौँ– एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड को सञ्चालक समितिले लक्ष्मण चालिसेलाई प्रतिनिधि सञ्चालक पदमा नियुक्त गरेको छ।


ADVERTISEMENT


एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट संस्थापक समूहका प्रतिनिधि दिपेन कार्कीको स्थानमा चालिसेलाई मनोनयन गरिएको हो।


ADVERTISEMENT

# # #


बैंकको सञ्चालक समितिको ६९९औं बैठकको निर्णयअनुसार, पोखरा–८, कास्की स्थायी निवासी हाल किर्तिपुर–२, काठमाडौं बसोबास गर्दै आएका चालिसेलाई प्रतिनिधि सञ्चालकका रूपमा पठाइएको हो ।

त्यसअनुसार, २०८१ माघ २३ गते बुधबार अपराह्न ४ बजे बसेको २३३औं सञ्चालक समिति बैठकले उनलाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

 नव नियुक्त सञ्चालक लक्ष्मण चालिसेले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

बैंकिङ्ग क्षेत्रमा २० वर्ष देखि कार्यरत रहेका चालिसे हाल एन आई सी एशिया बैंक लिमिटेडमा सहायक महाप्रबन्धक भई पर्फोरमेन्स् एसुरेन्स इकोसिस्टमका प्रमुखको रुपमा कार्यरत रहनुका साथै विगतमा लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको समेत अनुभव रहेको छ ।

उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।