काठमाडौँ– राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरु प्रस्तुत भएका छन् ।


ADVERTISEMENT


बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।


ADVERTISEMENT

# # #


त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे ।

राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।