काठमाडौँ– नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले निजामती क्षेत्रले आफू जोगिन लेखापढी व्यवसायी .तिर हिलो छ्यापेको दोष लगाएका छन् ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन बागमती यातायात इकाई समिति एकान्तकुना ललितपुरको आठौँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले लेखापढी व्यवसायीहरूले सरकारका अंगहरूमा लगाउने र सचिवहरूलाई नीति बनाउने कुरा गलत ढंगले सम्प्रेषण गर्दा अहिलेका नीति गलत र व्यवसायी मैत्री नभएको बताउदैँ निजामती क्षेत्रका कर्मचारी आफूँ दूधले नुहाएर लेखापढी व्यवसायी.तिर हिलो छ्याप्नतिर लागेको बताए ।
अध्यक्ष दाहालले व्यवसायीसँग सहकार्य गर्ने कुरामा राज्यलाई राय, सुझाव, र सहयोग गर्न आफूूहरू तयार रहे पनि सहयोग माग्ने काम नभएको भनाइ छ ।
‘कार्यालय सञ्चालन गर्ने सवालमा कार्यालय प्रमुख भएर आउने कर्मचारी साथीहरूले अन्य कारण केही नपाएपछि लेखापढी व्यवसायीका कारण कार्यालय चलाउन सकिएन भनेको हामीले देखेका छौं, त्यसको अन्त्य हुनुपर्छ’, दाहालले भने ।
लेखापढी व्यवसायी सहयोगी भएको र सधैं सहयोग गर्न तयार रहेको तर दोष जति लेखापढी व्यवसायीहरूलाई लगाएर आफू पञ्छिन खोज्ने कर्मचारीको प्रवृत्ति गलत रहेको उनको भनाई छ । ‘हाम्रा व्यवसायीहरूले कतै समस्या सिर्जना गरेको रहेछ भने अन द स्पोर्ट कारबाही गर्छौ, तपाईं कर्मचारीलाई कारबाही गर्ने कि नगर्ने ?’ सरकारी अधिकारीहरूलाई उनको प्रश्न छ ।